काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार राति भएको मतदानमा देउवाको पक्षमा १६५ र विपक्षमा ८३ मत परेको हो ।
उनलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका केही सांसद, माधव कुमार नेपाल समूहका केही सांसद, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका सांसदको मत प्राप्त भएको थियो ।
उनको पक्षमा १६५ मत परेको थियो भने विपक्षमा ८३ मत । मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो । आज संसद्मा उपस्थित सांसदको संख्या २४९ थियो ।

नेपालमाला
