काठमाडौं : काठमाडौं उपत्यकामा ४७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार काठमाडौंमा ३१०, ललितपुरमा ९९ र भक्तपुरमा ६७ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घन्टामा १६ हजार ९१३ वटा नमूना परीक्षण गराउँदा ४ हजार ५२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १२ हजार २०४ नमूनाको पीसीआर र ४ हजार ५०९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ४१ जनाको मृत्यु भएको छ।

नेपालमाला
