पछिल्लो २४ घण्टामा ३१३० जनाले जिते कोरोना, २२९७ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा तीन हजार १३० जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख ५९ हजार ९२८ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा १० हजार ९०४ जनामा परीक्षण गर्दा  २२ सय ९७ मा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख २२ हजार ६४० पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या आठ हजार ७७२ पुगेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments