काठमाडौं : अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान छ । कोरोना कहरका कारण सरकारले सीमित उडानका लागि खुला गरे पनि नियमित उडान भने बन्द छ । केही सीमित उडान मात्रै भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसानजसतो देखिन्छ ।
तर, आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा हवाईजहाज छिनमै उड्ने र छिनमै बस्ने गरिरहेको छ। सर्वसाधारणलाई अनौठो लाग्ने यो दृष्यले धेरैको ध्यान पनि खिचेको छ ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो किन भइरहेको छ ? कुनै आपतविपत पो आइलाग्यो कि ? तर, होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेकाले यस्तो दृष्य देखिएको हो ।
सोमबार बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौकामा आफ्ना पाइलटलाई अभ्यास गराइरहेको छ । त्यही भएर हिमालय एयरलाइन्सको हवाईजहाज एकछिन आकाशमा फन्को मारेर ल्याण्ड गर्छ र केहीबेरमै फेरि उड्छ ।

नेपालमाला
