भारतका चर्चित धावक मिल्खा सिंहको निधन

चण्डीगढ : भारतका चर्चित धावक मिल्खा सिंहको चन्डीगढ अस्पतालमा निधन भएको छ । ९१ वर्षका सिंहलाई असहज भएपछि चन्डीगढस्थित पीजीआई अस्पतालमा भर्ना गराइएको थियो । मिलखा सिंहले एक महिनाभन्दा बढी समय कोरोनासँग संघर्ष गरेका थिए । पछिल्लो समय कोरोना नेगेटिभ भए पनि उनको स्वास्थ्य निकै बिग्रिएको थियो ।
उनको स्वास्थ निकै बिग्रिएपछि धेरै कोसिसका बाबजुद पनि उनलाई बचाउन नसकिएको पीजीआई अस्पतालका प्रवक्ता अशोक कुमारले बताएका छन् । उनका अनुसार मिल्खा सिंहको निधन शुक्रबार राति ११ः३० बजे भएको हो ।

२० मेमा उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । १३ जुनसम्म उनी आईसीयूमै थिए र यस दौरान उनले कोरोना पनि जितेका थिए । १३ जुनमा कोरोनाको रिपोर्ट नेगेटिभ आएपनि कोभिड सम्बन्धी समस्या जारी नै रह्यो र उनलाई फेरि आईसीयू भर्ना गरेर उपचार गरिएको थियो ।
पाँच दिन पहिले मात्रै मिल्खा सिंहकी पत्नी निर्मल सिंहको निधन पनि कोरोनाकै कारण भएको थियो । उनी ८५ वर्षका थिइन् ।
सन् १९६० मा रोम ओलम्पिकमा मिल्खा फाइनल राउन्डमा चौथो स्थानमा आएका थिए । यस बाहेक उनले विभिन्न प्रतियोगिताको उपाधि जितेका थिए । उनको जीवनीमा ‘भाग मिल्खा’ चलचित्र समेत निर्माण भएको छ ।
मिल्खा सिंहको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments