इङ्ल्यान्डको सुखद सुरुवात

लन्डन : इङ्ल्यान्डले १६औं संस्करणको युरोकप फुटबलमा सुखद सुरुवात गरेको छ । लन्डनमा आइतबार भएको खेलमा क्रोएसियालाई १–० गोलले पराजित गर्दै इङ्ल्यान्डले सुखद सुरुवात गरेको हो ।
बेम्बली रंगशालामा घरेलु टोली इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७औं मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन् ।
त्यसअघि पहिलो हाफको छैटौं मिनेटमा फिल फोडेनको प्रहार पोस्ट्मा लागेर फर्किदा इङ्ल्यान्ड अग्रता बनाउन चुकेको थियो । क्रोएसियाले पनि केही गोलको अवसरलाई सदुपयोग गर्न सकेन । यस जितसँगै समूह ‘डी’ मा रहेको इङ्ल्यान्डले महत्वपूर्ण तीन अंक जोडेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments