काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ३४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार काठमाडौं उपत्यकामा मात्र ९१५ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर ८० हजार ३३६ जना सक्रिय संक्रमित रहेको उनको भनाइ छ । २४ घण्टामा पाँच हजार ७६८ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार ८१ जनाको मृत्यु भएको छ ।

नेपालमाला
