काठमाडौं : विराटनगर एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सानदार जित निकालेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३-० को सानदार जित निकालेको हो ।
खेलको १६ औं मिनेटमा बिक्रमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रभित्र धनगढीका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा बिक्रमले सदुपयोग गरे ।
२० औं मिनेटमा धनगढीका दर्शन गुरुङको प्रहार विराटनगरका गोलकिपर किशोर गिरीले सहजै रोकिदिएका थिए । लगत्तै २३ औं मिनेटमा धनगढीले सुनौलो मौका गुमायो । खेलको २३ औं मिनेटमा निशान खड्काको क्रस टंकको प्रहारले पोस्टको दिशा लिन सकेन । ४४ औ मिनेटमा विराटनगरका सुनिल बलको फ्रिकिक धनगढीका गोलकिपर किरणले पन्च गर्दै गोल हुनबाट जोगाएका थिए ।
दोस्रो हाफमा विराटनगरले धनगढीविरुद्ध लगातार आक्रमण बनायो । खेलको ५७ औं मिनेटमा सोमिडेले गोल गर्दै विराटनगरको अग्रता २-० को बनाए । निरकुमार राईको सुन्दर पासमा सोमिडेले सुन्दर गोल गरे । खेलको ६२ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोलको अवसर खेर फाले । गोलकिपर बिट भईसकेको अवस्थामा उनले कठिन कोणबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
खेलको ६९ औं मिनेटमा सन्तोषले गोल गर्दै विराटनगरलाई ३-० को जित दिलाए । उनले सुनिल बलको पासमा उत्कृष्ट गोल गरेका थिए ।खेलको ८९ औं मिनेटमा धनगढीका निशान सुनारले पेनाल्टी क्षेत्रबाट गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो । यस्तै खेलको इन्जुरी समयमा धनगढीका ओलावालेको प्रहार विराटनगरका गोलकिपर किशोर गिरिले बचाए । खेलको म्यान अफ दि म्याच विराटनगरका सन्तोष तामाङ चुनिए । उनले २५ हजार प्राप्त गरे ।खेलको प्रोमोसिङ प्लेयर अफ दि म्याच विराटनगरकै निरकुमार राई चुनिए । उनले १० हजार हजार प्राप्त गरे । जितसँगै विराटनगरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

नेपालमाला
