अन्नपूर्ण÷काठमाडौं
काठमाडौं किकर्स प्रालिले काठमाडौंमा फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । किकर्सले मंगलबार पत्रकार सम्मेलन गर्दै एकेडेमी सञ्चालन गर्ने जानकरी गराएको हो ।
एकेडेमी बूढानीलकण्ठ नगरपालिका–१० मा रहेको कपअन स्पोर्ट्स सेन्टरमा सञ्चालन हुनेछ । एकेडेमीका लागि काठमाडौं किकर्सले स्कटिस प्रशिक्षक लि मेनसनलाई समेत अनुबन्ध गरेको छ । अनुभवी प्रशिक्षक मेनसनले स्कटल्यान्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । उनले एएफसी च्याम्पियन्स लिग र एएफसी कपमा टिम सम्हालिसकेका छन् ।
ग्रासरुटदेखि व्यावसायिक खेलाडीलाई समेत प्रशिक्षण दिने गरी एकेडेमी सञ्चालन गर्न लागिएको काठमाडौं किकर्सले जनाएको छ । काठमाडौं किकर्सले कोरोनाका कारण रोकिएको फुटबल प्रशिक्षण पुनः सुरु गर्ने जनाएको छ ।
किकर्सले प्रशिक्षक र काठमाडौं फुटबल क्लिनिक शुक्रबारबाट सुरु गर्न लागिएको जनाएको छ । सुरुआतमा शुक्रबार, शनिबार र आइतबार दैनिक फुटबल क्लिनिक आयोजना हुनेछ । एकेडेमीमा ६ देखि ९ वर्ष, १० देखि १३ र १४ देखि १६ वर्ष उमेर समूहका युवा खेलाडीले प्रशिक्षण लिन पाउने बताइएको छ ।
Previous Article
महिला क्रिकेट टिमलाई लोकतान्त्रिकको सम्मान
Next Article

नेपालमाला
