काठमाडौँ : जनता समाजवादी पार्टी ९जसपा०का प्रमुख नेताहरु र प्रधानमन्त्री केपी ओलीबीच सरकारमा साझेदारीबारे बालुवाटारमा छलफल हुँदैछ । छलफलका लागि जसपाका नेताहरु साँझ ५ बजेपछि बालुवाटार जाँदैछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलका लागि जसपाका प्रमुख पाँच नेताहरुलाई बालुवाटार बोलाइएको छ।डा. बाबुराम भट्टराई , उपेन्द्र यादव ओली, महन्थ ठाकुर र राजेन्द्र महतो र अशोक राई बालुवाटार जाँदैछन्।
राजपाका दुवै पक्षसँगको सामूहिक छलफल भएकोले यसलाई अर्थपूर्ण रुपमा लिइएको छ। ओली नेतृत्वसँगै सत्ता साझेदारी हुने संभावना बढेको देखिन्छ। यसबारेमा निर्णय लिन राजपाले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ।
सर्वोच्च अदालतको पछिल्लो फैसलापछि सरकार निरन्तरताको लागि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आवश्यक हुन्छ ।संविधानको धारा ७६ ९१० मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजका अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ । अब त्यो हैसियत समाप्त भएको छ। सर्वोच्चको फैसलाअनुसार हैसियत अब संविधानको धारा ७६ ९२० को प्रधानमन्त्रीका रुपमा कायम भएको छ। अब प्रधानमन्त्रीको निरन्तरताका लागि ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ।
संसदमा तत्कालीन एमालेका १२० सांसद मात्रै भएकाले जसपाको सहयोग लिइ सरकारलाई निरन्तरता दिने रणनीतिमा प्रधानमन्त्री ओलीले जसपासँगको छलफल अघि बढाएका हुन् । संसदमा जसपाको ३४ सिट छ ।
जसपाले ओली नेतृत्वसँग साझेदारीका लागि कैलालीका सांसद रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ, मधेस आन्दोलन, टिकापुर लगायतका घटनामा झुटा मुद्दा लगाइएका व्यक्तिहरूको मुद्दा फिर्ता गर्नुपर्ने, पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गरिएको टिकापुर घटनाको न्यायिक छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र मधेसको माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने सर्त राख्दै आएको छ।

नेपालमाला
