काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ३३ महिला र ४५ पुरुषमा संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ४ हजार १२७ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७२ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको छ। यस्तै ९ सय ७४ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ छ ।

नेपालमाला
