काठमाडौं : मंगलबार ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन् ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । उनीहरुमध्ये १२४७ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७८ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ।
थप १७ जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको छ। हलसम्म १ हजार २४७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ।

नेपालमाला
