काठमाडौं :पछिल्लो २४ घण्टामा २५ सय ६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या दुई लाख २ हजार ३२९ हजार पुगेको छ। काठमाडौं उपत्यकामा मात्रै १२ सय ६१ जनामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या दुई लाख २ हजार ३२९ पुगेको जानकारी दिए। जसमध्ये १ लाख ६२ हजार २४३ जनाले कोरोना जितेका छन् ।
२४ घण्टामा १६ सय ६६ जनाले कोरोना जितेका छन् भने २६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा १० हजार ५१९ जना र होम आइसोलेसनमा २८ ३९३ जना रहेका छन् । क्वारेन्टाइनमा १ हजार १०९ रहेका छन्।
२४ घन्टामा १० हजार ८१ पीसीआर नमूना परीक्षण गरिएको छ। ३८२ जनाको आइसीयूमा र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
नेपालमा एकैदिन २६ जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा कोरोनाबाट २६ जनाको मृत्यु भएको जनाएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ।

नेपालमाला
