सुशीलकुमारको हेलिकोप्टर सपना

काठमाडौं : कोरोना भाइरसको महामारीले अहिले सिंगो विश्व आक्रान्त बनेको छ । नेपालमा पनि कोरोना महामारीका कारण गत चैत ११ गतेदेखि लामो समय लकडाउन गरिँदै आएको छ । कोरोना भाइरसको महामारी र लकडाउनको समयलाई भने सुशीलकुमार महतोले फरक ढंगले सदुपयोग गरिरहेका छन् ।


सर्लाहीको मलंगवा–१२ का स्थायी बासिन्दा सुशीलकुमार विगत लामो समयदेखि हेलिकोप्टर निर्माणमा तल्लिन छन् । उनी सगरमाथा रेफ्रिजेनेटर उद्योगका सञ्चालक हुन् । उनीहरुको परिवारले विगत ६–७ वर्षदेखि काठमाडौंको नयाँ नैकापमा रेफ्रिजेनेटर उद्योग सञ्चालन गर्दै आएका छन् । दिनभरी उद्योगमा व्यस्त ।हने सुशीलकुमार फुर्सदको समयमा भने केही फरक काम गरिरहेका हुन्छन् ।
उनले बनाउँदै आएको हेलिकोप्टरको धेरैजसो काम सकिसकेको छ । त्यसैले अबको एक÷दुई महिनाभित्र हेलिकोप्टर उडाएर देखाउने अभियानमा सुशीलकुमार छन् । उनले हेलिकोप्टर बनाउन धेरैजसो पुराना सामग्री प्रयोग गरेका छन् । गाडीको इन्जिन, ब्याट्रीलगायतका सामग्रीको सदुपयोग गरेका छन् ।


उनले हेलिकोप्टर बनाउँदा मुख्य तीन वटा प्राथमिकता राखेका छन् । पहिलो प्राथमिकता जमिनमाथि उठाउने, उडिसकेपछि अगाडि पछाडि गर्ने र तेस्रो प्राथमिकतामा अलि माथि उडाउने रहेको सुशीलकुमारले बताए । उनले युट्युवमा हेरेर हेलिकोप्टर बनाइरहेका छन् । उनी पुरानो मोडल अनुसार हेलिकोप्टर बनाइरहेका छन् ।
हेलिकोप्टर निर्माणमा पूर्व फुटबल खेलाडी सुन्दर थापालगायतले सहयोग गर्दै आएको उनले बताए । उनले सबैको साथ र सहयोगले अझै राम्रो बनाउन हौसला बढेको बताए । ‘सबैको साथ र सहयोगले अझै राम्रो बनाउन हौसला मिलेको छ’, सुशीलकुमार भन्छन् । उनी अहिलेसम्म दुई लाख खर्च भइसकेको र पूर्ण रुपमा तयार गर्दा अझै एक डेढ लाख रुपैयाँ खर्च हुने बताउँछन् ।

4.3 3 votes
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments