कपिलको पहिलो सांगीतिक कोसेली ‘माया’

काठमाडौ : युवा गायक कपिल खरेलले आफ्नो पहिलो म्युजिक भिडियो ‘माया’ सार्वजनिक गरेका छन् ।
खरेलले म्युजिक भिडियोमा युवा पुस्तामा पछिल्लो समय देखिएका लागुपदार्थ दुव्र्यवसनीले समाजमा देखिएको विकृतिलाई दर्शाउन खोजेका छन् ।
‘म्युजिक भिडियोमा युवा पुस्ताको माया र प्रेमलाई ¥याप शैलीमा देखाउन खोजेको छु’, युवा गायक कपिलले भने । उनले यो पहिलो अभ्यासबाट सफलता पाएमा आगामी दिनमा संगीत क्षेत्रमा नै सक्रिय रुपमा लागिपर्ने बताए ।
म्युजिक भिडियोमा सिमराका स्थानीय कलाकार आकृति न्यौपाने र रमन राईको अभिनय देख्न सकिन्छ । प्रेम कार्कीको निर्देशनमा बनेको भिडियोमा अंकित तामाङले आवाज दिएका छन् ।
द टिमको प्रोडक्सनमा तयार पारिएको म्युजिक भिडियो एसएमसी स्टुडियो सिमराबाटै रेकर्डिङ र निर्माण गरिएको हो । भिडियोलाई हाइलाइट्स नेपाल युट्युव च्यानलले सार्वजनिक गरेको छ ।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments