थप ५३५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या  ९ हजार ५६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार ५३५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो पुगेको हो।आइतबार मात्र ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८१ हजार ३७१ र आरडीटी विधिबाट दुई लाख ६८ हजार १०३ जनाको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशाला पीसीआर विधिबाट ६ हजार १९८  र आरडीटी विधिबाट ५ हजार ९२९ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९० हजार ७३० छन् भने आइसोलेसनमा ७ हजार ७ सय ८९ जनाको उपचार भइराखेको छ।

यस्त सोमबार थप ३७० जनाले कोरोना जित्नेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ३७० जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए। योसहित निको हुनेको संख्या २ हजार १४२ पुगेको हो।  मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments