–जीवनबहादुर सिंह
बन्दाबन्दीका सुन्दर फूलहरू
फूलीराख फक्रीराख
संसारै मगमगाउने गरी
सुवास छरिराख।
रसायनको गन्धले
थिचेका नाकहरूलाई
कंक्रिटको जंगलमा
रसायन पोतेको सहरलाई
हेर्दाहेर्दै थाकेका आँखालाई
तिम्रो दृष्टि बनाइ राख।
बन्दाबन्दीका सुन्दर फूलहरू
फूलीराख फक्रीराख
संसारै मगमगाउने गरी
सुवास छरिराख।
मन्द मन्द मुस्कुराइ राख
मधुर धुनमा नाचि राख
हत्केला काख र टेबुलमा
सीमित यी आँखालाई
तिम्रो अलौकिक सौर्न्दर्यको
सौम्यता महसुस गराई राख।
बन्दाबन्दीका सुन्दर फूलहरू
फूलीराख फक्रीराख
संसारै मगमगाउने गरी
सुवास छरिराख।

नेपालमाला
