एकै दिन थपिए २२६ कोरोना सङक्रमित 

काठमाडौँ : कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २२६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २२६ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

ती सङ्क्रमितमध्ये पुरुष २१३ जना र महिला १३ जना रहेका छन् । आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा बढी हो । हिजो आइतबार १६६ जना, गत शनिबार १८९ जना र शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै एक हजार ७९८ जनामा रोग देखिएको छ । तीमध्ये एक हजार ६६७ जना पुरुष र १३१ जना महिला रहेका छन् ।

अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार आठ सय ११ पुगेको छ । दुई सय २१ जनाले कोरोनालाई जित्दा आठ जनाले भने ज्यान गुमाउन पुगेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments