सम्झनामा जेठ १९ को त्यो कालो दिन

प्रेम कोइराला

२०५९ जेठ १९ गते अर्थात आजभन्दा १९ वर्ष अगाडि म ९ वर्षको थिएँ । त्यो रेडियो नेपालमा बजेको धुन अझै याद छ मलाई । हामी केटाकेटी काफलको बोटमा काफल खाँदै थियौं, सबैतिर हल्ला भयो । हामी गाउँमा थियौं । बुबा र दाइ काठमाडौं बस्नुहुन्थ्यो । हामी काठमाडौंलाई नेपाल, सहर भन्थ्यौं । गाउँघरमा हल्ला भयो, सबैतिर हाम्रो जगत जननी, सम्पूर्ण देशका अभिभावक मारियो भन्ने समाचार आयो । एकपछि अर्को हँुदै काठमाडौंमा भएको नरसंहारमा हाम्रो अभिभावकलाई सिध्यायो ! कोही भन्दै थिए युवराज दीपेन्द्र बाँकी छन् ।

तर, बिडम्बना दोष उनैलाई लगाइयो । उनैले मारे भनेर हल्ला फिजाइँयो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हत्या सुनियोजित छ भने । जनविद्रोह सकेर प्रचण्ड प्रधानमन्त्री भए र जनतालाई आश्वासन पनि देखाए, दरबार हत्याकाण्डको छानविन गरिनेछ भनेर । तर, यो आश्वासनमा मात्र सीमित भयो । यही कुरा माधव नेपाल, बाबुराम भट्टराईले पनि दोहो¥याए । तर, प्रधानमन्त्री भएपछि कोही कसैले छानबिन गरेनन् । तत्कालिन प्रधानन्यायाधीशको अध्यक्षतामा छानविन समितिले राजपरिवारका हत्या तत्कालिन युवराज दीपेन्द्रले गरेको भन्ने निष्कर्ष निकाल्यो ।
आजको दिन नेपालले कहिले मेटाएर मेटाउन नसक्ने कालो दिन साबित भएर आयो । जो जति नेता भए सबै देशमा राजा फालेर आफै राजा बन्न खोज्नेहरु मात्रै भए । राजा फालेर देशमा विकास होइन, भ्रष्टाचार गर्न राजा फालेको देखियो । आज देशमा भ्रष्टाचार मैलाएको छ । ६०१ गण राजा भए । सेरोमोनियल बनेर राष्ट्रपति भइन । न त दरबार हत्याको सत्यतथ्य बाहिर आउन सक्यो न त्यस्ता दर्जनौं हत्याको पर्दाफास हुन सक्यो । १९ वर्षको अन्तरालमा १२ जना प्रधानमन्त्री बने । त्यसले न जनताको जीवनस्तर बलियो भयो न त देशले नै काँचुली फेर्न सक्यो । नेताले आफ्नो आसेपासेलाई च्याप्ने, आफ्नो पद र कुर्सी जोगाउन भ्रष्टाचारमा लिप्त भए । उनीहरुबाट देशले काँचुली फेर्न सपना नेपाली जनतालाई बाँडेका थिए । तर, अफसोच देश झन् झन् गरिव बनिरहेको छ । प्रत्येक जनताको टाउकोमा ३६ हजारको ऋण थुपारिएको छ । यो ऋणको भारी नेपाली जन्मनेवित्तिकै बोक्नु परिरहेको छ ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरसको असरले विश्व नै नराम्रोसँग प्रभावित बनेको छ । यसबाट नेपाल पनि अछुतो हुन सकेको छैन । नेपाली जनता महामारीको चपेटामा परेको अवस्थामा पनि नेताहरुले भ्रष्टाचार गर्न छाडेनन् । कोरोना परीक्षणका लागि समान खरीदमा भएको भ्रष्टाचारको निकै चर्चा पायो । तर, बिडम्बना न ती भ्रष्टाचारीलाई कारवाही गर्न सकिएको छ, न त जनतालाई विश्वास दिलाउन नै सकेको छ । जनस्तरबाटै सरकारको विरोध भएपछि नेपाली सेनालाई सामान खरीद गर्न जिम्मा लगाइयो । प्रधानमन्त्रीले ‘भ्रष्टाचार र भ्रष्टाचारीलाई देख्न नसक्ने’ रटान लगाए पनि प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई जोगाइरहेको देखिन्छ ।
नेपालका ६० लाख युवा विदेशमा छन् । ५–७ लाख भारतमा छन् । कोरोनाको कहरमा प्रायः खाडीमा रहेका नेपालीलाई सम्बन्धित देशले आफ्नो देश फर्किन निर्देशन दिएको छ । नेपाल सरकारले विदेशबाट आउने नेपालीलाई आफ्नै ब्यक्तिगत खर्चमा कोरोना टेस्ट गराउन र क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै आएको छ । नेपाल सरकार यहिँ चुकेको छ । स्वदेशमा रहेका नेपाली जनतालाई उचित राहत, बन्दोबस्त र कोरोना टेस्ट गराउन नसकेको सरकारले विदेशबाट ल्याउने मानिसको व्यवस्थापन कसरी गर्न सक्छ भन्ने प्रश्न उब्जिएको छ ।
विभिन्न कालखण्डमा कोसी महाकाली, गण्डक सुस्ताजस्ता भारतसँगको सन्धिले आज नेपाल र नेपालीलाई बेला बेलामा सोच्न बाध्य बनाइरहेको अवस्थामा पुनः कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा विवाद उब्जिएको छ । यसमा सम्पूर्ण नेपाली जनता एक भएपछि सरकारले दुई दिनको उधारो नक्सा सार्वजनिक ग¥यो । भारतका विभिन्न मिडियाले यसको अनेक रुपमा समाचार प्रसारण गरिहेका छन् । गत हप्ता नेपालमा भारतका पूर्व राजदूत श्याम शरण नेपालमा आएलगत्तै नक्साको विषयले नयाँ मोड लियो । अहिले संसदमा संविधान संशोधनका लागि प्रस्ताव गरिएको छ । नेपाली भूमि फिर्ता ल्याउने विषयमा ओली सरकारले के गर्छ हेर्न बाँकी छ ।
अहिले नेपालमा निकै चर्चा कमाइरहेको अर्को विषय हो, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) । यसले सडक र सदन तताइरहेको छ । नेपालका विभिन्न दलले एमसीसी पारित गर्ने भनिरहेका बेला नेपाली जनताले यसको विरोध गरिरहेका छन् । तर, सरकारका केही नेता यसको विपक्षमा छन् भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत यसलाई पास गर्न लागिपरेको छ । नेपाली जनता र नेपाललाई यो पनि भविष्यमा त्यही गण्डक, कोसी, कालापानीजस्तै सम्झौता भएर हामीपछिका पुस्ताले बेहोर्नु पर्नेछ । तसर्थ समयमै सरकारले यसको ख्याल गर्नुपर्नेछ । जनप्रतिनिधिहरुले जनता विरोधी यस्ता काम गर्दै जाने हो भने नेपाली जनताले राजपरिवारका सदस्यहरूको हत्या गरिएको कालो दिनलाई सम्झिएर पुनः राजसंस्था फर्काउन आँधीबेहरी ल्याउनु नपरोस् । सबैलाई चेतना भया ।

प्रेम कोइराला, राष्ट्रिय रग्बी खेलाडी हुन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments