कोरोना जित्‍नेको संख्या २०६ पुग्यो

काठमाडौं : शुक्रबार थप १९ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्‍नेको संख्या २०६  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा टेकु अस्पतालबाट २ जना, पाटन अस्पतालबाट ७ जना, बलम्बु अस्पतालबाट २ जना र कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट ८ जना रहेका छन्।

डिस्चार्ज हुनेमा १६२ जना पुरुष  र  ४४ महिला रहेका छन्।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार हालसम्म प्रदेश १ मा ३० जना निको भइ घर फर्किएका  छन्। त्यस्तै प्रदेश २ मा १०२ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ४७ जना र सुदूरपश्चिममा ५ जना गरी कुल २०६ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६४ हजार १ सय ५४ र आरडीटी विधिबाट एक लाख ५ हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार २ सय ३८ र आरडीटी विधिबाट ३ हजार ४सय ४४ नमुना परीक्षण गरिएको छ।  प्रवक्ता देवकोटाका अनुसार हालसम्म क्वरेन्टाइनमा ९९ हजार ३ सय ३६ जना छन् । १ हजार जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

हालसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments