अहिलेसम्म नेपालका ८७ जनाले कोरोना जिते

काठमाडौं : नेपालमा अहिलेसम्म ८७ जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार आइतबार नारायणी अस्पताल वीरगन्जमा उपचारमा रहेका सात र बुटवल धागो कारखानामा रहेका १० गरी आज १७ जना डिस्चार्ज भएका हुन् । नारायणीमा डिस्चार्ज भएका बारा, पर्सा र रौतहटका २४ देखि ५१ वर्षीय पुरुष रहेका छन् ।
प्रदेश नं १ मा २६, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा नौ, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा ३२ र सुदूरपश्चिम प्रदेशमा पाँचजना डिस्चार्ज भएका छन् । शुक्रबार एकै दिन नेपालगञ्जमा २१ जना डिस्चार्च भएका थिए । अहिलेसम्म ६ सय तीन जना कोरोना संक्रमित भएका छन् । आइतबार पनि १९ जनामा संक्रमण देखिएको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments