थप १९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं : आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार दिउँसो १९ जनामा कोरोना पुष्टि भएको हो।  योसँगै नेपालमा  संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।

प्रवक्ता देवकोटाका अनुसार ४२ जिल्लाका ५ सय २४  पुरुष पुरुष र ७९ महिला गरेर संक्रमितको संख्या ६ सय ३ पुगेको हो । प्रवक्ता देवकोटाका अनुसार शनिबार पर्साको नारायणी अस्पतालबाट डिस्चार्ज भएका ९ जना मध्ये दुई जनामा फेरि संक्रमण देखिएपछि उनीहरु अस्पतालमा भर्ना भएका छन् ।

अन्य सातजना भने घर गएका छन् । नेपालमा संक्रमितको संख्याले ६ सय नाघ्दा  निको हुनेको संख्या  ८७ पुगेको छ ।  अहिले ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments