जब रतन टाटासँग डिल गर्न पुगे १८ वर्षीय युवा

नयाँ दिल्ली : भारतका चर्चित ब्यवसायी रतन टाटासँग कस्ता व्यक्ति र कम्पनीले डिल गर्न सक्छन् भन्ने कुरा तपाई सजिलै अनुमान गराउन सक्नुहुन्छ । विश्वका अर्वपतिको सूचीमा गनिने टाटासँग बिजनेस गर्ने धेरैको सपना भए पनि त्यो पूरा हुन सक्तैन । तर, हालै एक युवाले चर्चित घराना टाटासँग डिल गरेका छन् ।
बिहीबार अर्जुन देशपाण्डे नामका एक युवाले टाटासँग डिल गरेका हुन् । विगत दुई वर्षदेखि व्यवसाय गर्दै आएका देशपाण्डेले टाटासँग डिल गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । देशपाण्डेको ‘जेनेरिक आधार’ का लागि टाटाले सहकार्य गरेको बताइएको छ ।
यो सहकार्यका लागि कति रकम खर्चन लागेको भन्ने स्पष्ट नखुलाइए पनि टाटाले देशपाण्डेको कम्पनीको ५० प्रतिशत हिस्सा खरीद गरेको जनाइएको छ ।

अर्जुन भर्खर १८ वर्षका भए । उनले औषधिको खुद्रा व्यवसाय गर्ने जेनेरिक आधार कम्पनी सञ्चालन गर्दै आएका छन् । उनले दुई वर्षअघि १६ वर्षको उमेरमा यो व्यवसाय सुरु गरेका थिए ।
अर्जुनले उत्पादक कम्पनीसँग सिधै सामान लिएर बेच्दै आएका थिए । उनको कम्पनीको मूल्य करिब ६ करोड रहेको जनाइएको छ । उनी कम्पनीको मूल्य १५० देखि २०० करोडको बनाउन चाहन्छन् । त्यही सपना साकार पार्न उनले टाटासँग सहकार्य गरेका हुन् । जेनेरिक कम्पनीमार्फत उनी एक अभियानमा पनि सक्रिय छन् । उनी बृद्धबृद्धाका लागि सस्तोमा जेनेरिक औषधि उपलब्ध गराउने अभियानमा छन् । जेनेरिक औषधि निकै महंगो हुने भएकाले उनी यस्तो औषधि विभिन्न देशका कम्पनीसँग सोझै आयात गरी बिक्रीवितरण गर्दै आइरहेका छन् । यसरी कम्पनीसँग सोझै खरिद गर्दा ६० प्रतिशतसम्म सस्तोमा औषधि उपलब्ध गराउन सकिने विश्वास उनको छ । उनको त्यही विश्वासमा विश्वास गर्दै टाटाजस्तो बहुराष्ट्रिय कम्पनीले सहकार्य गरेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments