काठमाडौं : गौतम होलिडेज प्रालिले घुमेको ठाउँको फोटो पठाएर टुर प्याकेज जित्ने योजना ल्याएको छ । उत्कृष्ठ फोटो पठाउने सात जनालाई एक रात दुई दिनको टुर प्याकेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
लकडाउनको समयमा फोटो पठाउन सकिने र अवस्था सामान्य भएपछि टुर प्याकेजमा सहभागी गराइने कम्पनीले जनाएको छ । नेपालको जुनसुकै स्थानमा घुम्दा खिचिएको फोटो इमेलमार्फत पठाएर प्रतिस्पर्धामा सहभागी हुन सकिने गौतम होलिडेजका अध्यक्ष उत्तम गौतमले जानकारी दिए । उनले उत्कृष्ठ फोटोहरु मध्येबाट सात जनालाई टुर प्याकेजमा सहभागी गराइने बताए ।
गौतम होलिडेज आन्तरिक पर्यटन प्रवद्र्धनमा अग्रणी कम्पनी हो । कम्पनीले नेपालभित्र मुस्ताङ, रारा, तिलिचो, कालिञ्चोक, चित्लाङ, सैलुङलगायतका टूर प्याकेजका साथै विदेशको टूर प्याकेजको सेवा प्रदान गर्दै आएको छ ।
फोटो gautamholidaystours@gmail.com मा पठाएर सहभागिता जनाउन सकिनेछ भने उत्कृष्ठ फोटो विजेताको नाम कम्पनीको वेभसाइट र फेसबुक पेजमा सार्वजनिक गरिने जनाएको छ ।

नेपालमाला
