कोरोना कहर : अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो

काठमाडौं : अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९ हजार ९ सय २१ पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १२ लाख १२ हजार आठ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्यूयोर्कमा सबैभन्दा बढी १९ हजार ५७ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा अझै पनि नौ लाख ५४ हजार आठ सय ८७ जना कोरोनाबाट जुधिरहेका छन् । अहिलेसम्म एक लाख ८८ हजार २७ जनाले कोरोना भाइरस जितेर स्वास्थ्य लाभ गरेका छन् ।

यसैगरी विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ५२ हजार नाघेको छ । अहिलेसम्म दुई लाख ५२ हजार तीन सय ९३ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् । विश्वभर यो भाइरसबाट ३६ लाख ४५ तीन सय २० जनामा यो भाइरसको संक्रमण देखिएको छ । जसमध्ये अहिले पनि २१ लाख ९७ हजार नौ सय ८५ जना यो भाइरससँग लडिरहेका छन् ।

यसैबीचअमेरिकाले कोरोना भाइरस संक्रमणको महामारीसँग जुध्न आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन खर्ब डलर ऋण लिने भएको छ ।

ऋण लिनका लागि सरकारले स्वीकृति दिइसकेको छ । यो ऋण रकमलाई स्वास्थ्य सेवा र राहत प्याकेजमा उपयोग गरिने छ ।

सन् २००८ मा वित्तीय संकटको बेला अमेरिकाले लिएको कर्जाको तुलनामा यो पाँच गुणा बढी हो ।

अब अमेरिकाको कूल ऋण २५ खर्ब डलर पुगेको छ । अर्थव्यवस्थाको करिब १४ प्रतिशत रकम अमेरिकाले कोरोना भाइरससँग जुध्न दिइने आर्थिक प्याकेजमा खर्च गर्दैछ ।

सन् २०१९ को डिसेम्बर अन्तिम सातादेखि चीनको वुहानबाट सुरु भएको कोरोनाको महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments