नेपालगन्जमा आज बिहानदेखि कर्फ्यू, कोरोना भाइरस संक्रमणमा कमी आउला ?

नेपालगन्ज :  नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि आज बिहानदेखि कर्फ्यू जारी गरिएको छ । मंगलबार बिहानदेखि तीन दिनसम्मका लागि बाँके जिल्लाको नेपालगन्जमा कर्फ्यू जारी गरिएको हो ।

नेपालगन्जमा मात्रै आइतबार एकै दिन एकै चोटि १५ जना संक्रमित भेटिएका थिए । संक्रमणलाई रोक्न सरकारले यहाँ परीक्षणलाई पनि तीव्र बनाउने जनाएको छ ।

सोमबार जिल्ला सुरक्षा समिति र सरोकारवालाहरुको बैठकपछि निषेधाज्ञा जारी गरिएको हो । नेपालगन्जमा यसअघि तरकारी मण्डी लगायत पसलहरु फाट्टफुट्ट खुल्ने गरेका थिए । सोमबार भने स्थानीय सरकारले स्थानीयलाई निषेधाज्ञा पालना गर्न अपील गर्दै लिखित सूचना पनि जारी गरिसकेको छ ।

नेपालगन्जमा आइतबार आठ पुरुष र सात महिलामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा पनि समुदाय स्तरमा कोरोना संक्रमण विस्तार भएको विज्ञहरुले बताउन थालेका छन् । यसअघि विदेशबाट आएकाहरुमा मात्रै संक्रमण देखिएकाले समुदाय स्तरमा संक्रमण नफैलिएको बताइएको थियो ।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments