शुक्रबार थप दुई जनामा कारोना संक्रमण पुष्टि

काठमाडौं : शुक्रबार दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रुपन्देही र बाँकेका एकएक जनामा कोरोना पोजिटिभ देखिएको हो ।

रुपन्देशीका २५ र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको सह–प्रवक्ता अधिकारीले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् । नयाँ क्रमित दुबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

नेपालगञ्ज र रुपन्देहीका एकएक जनामा कोरोना पोजिटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५८ पुगेको छ । १६ जना भने निको भएर घर फर्किएका छन् । अन्य ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments