जेनेभा : कोरोना भाइरसको संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या एक लाख १९ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर एक लाख १९ हजार ६९९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
यसैगरी संक्रमितको संख्या १९ लाख १७ हजारभन्दा बढी छ । ४३ हजार बढी उपचारपछि निको भएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा हालसम्म ५ लाख २६ हजार ५६३ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या २३ हजार ६ सय ४४ पुगेको छ
।
यो संख्या इटलीको भन्दा तीन हजार एक सय ७७ ले बढी हो । इटलीमा २० हजार ४ सय ६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Previous Article
नयाँ वर्ष शुरु भयो, भेटिएन भित्तेपात्रो
Next Article