चर्चित भारतीय कलाकार ऋषि कपुरको निधन

काठमाडौं : चर्चित भारतीय बलाकार ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ । विगत तीन वर्षदेखि क्यान्सरबाट जुध्दै आएका कपुरको बिहीबार बिहान निधन भएको हो ।
बुधबार दिउँसो अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई मुम्बईको रिलाएन्स अस्पतालमा भर्ना गरिएको थियो । कपुरको उपचारका क्रममा निधन भएको अर्का चर्चित कलाकार अमिताभ बच्चनले पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै ऋषि कपुरको निधन भएको जानकारी दिएका छन् ।
‘उनी गए । ऋषि कपुर गए । उनको भर्खरै निधन भएको छ । म स्तब्ध छु’, अमिताभले ट्विटमा भनेका छन् । रणधीर कपुरले पनि ऋषि कपुरको निधन भएको पुष्टि गरेका छन् । उनी ऋषिका भाइ हुन् ।
बुधबार मात्रै भारतीय चलचित्र उद्योगले अर्का चर्चित कलाकार इरफान खानलाई गुमाएको थियो । उनको पनि क्यान्सरबाटै निधन भएको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments