काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार चार सय ३९ जनाको मृत्यु भएको छ । यो भाइरसबाट अहिलेसम्म २४ लाख ८१ हजार पाँच सय २८ जना संक्रमित भएकामा ६ लाख ४७ हजार सात सय ३४ जना निको भइसकेका छन् । अझै १६ लाख ६३ हजार तीन सय ३५ जना कोरोना भाइरसबाट संक्रमित छन् ।
यो भाइरसका कारण सबैभन्दा धेरै अमेरिकामा ४२ हजार पाँच सय १७ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या सात लाख ९२ हजार नौ सय १३ पुगेको छ । न्युयोर्कमा मात्र १८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या दुई लाख ५३ हजार एक सय ९१ जना रहेको छ । अमेरिकामा ७२ हजार तीन सय ८९ जनाले कोरोना भाइरसलाई जितेर नयाँ जीवन पाएका छन् ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ हजार एक सय १४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ८१ हजार २ सय २८ पुगेको छ ।
त्यस्तै स्पेनमा मृतक संख्या २० हजार ८ सय ८५ जनाको मृत्यु भएको छ र दुई लाख २ सय १० जना संक्रमित भएका छन् ।
फ्रान्समा २० हजार २ सय ९२ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार ४ सय ८० जनामा संक्रमण भएको छ ।
बेलायतमा १६ हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने एक लाख २५ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।
यसैगरी छिमेकी मुलुक भारतमा यस भाइरसको संक्रमणबाट पाँच सय ९२ जनाले ज्यान गुमाइसकेका छन् । लगातार लकडाउनमा रहेको भारतमा संक्रमितको संख्या १८ हजार ६ सय एक जना पुगेको छ । भारतमा तीन हजार दुई सय ७३ जना उपचारपछि निको भएका छन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ३१ जना संक्रमित भएका छन् । जसमध्ये चार जना उपचारपछि घर फर्किसकेका छन् । यस भाइरसबाट संक्रमति २७ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।