काठमाडौं : कोरोनाभाइरसले अहिलेसम्म विश्वभर एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म विश्वभर एक लाख ६० हजार ७५७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ । अहिलेसम्म २३ लाख ३० हजार ९४५ जना कोरोना संक्रमित छन् ।
कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ३९ हजार १४ जनाको मृत्यु भइसकेको छ । निकै आक्रान्त बनेको अमेरिकामा अहिलेसम्म सात लाख ३८ हजार ८३० जनामा संक्रमण देखिसकेको छ । अमेरिकामा ६८ हजार २८५ जना निको भएका छन् ।
अमेरिकापछि कोरोनाबाट इटाली आक्रान्त बनेको छ । इटालीमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २३ हजार २२७ जनाको मृत्यु भइसकेको छ । यस्तै एक लाख ७ हजार ७७१ जना संक्रमित रहेका छन् ।
त्यसपछि स्पेनमा पनि मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । आइतबार बिहानको तथ्यांक अनुसार स्पेनमा २० हजार ६३९ जनाको मृत्यु भइसकेको छ । अहिले पनि ९८ हजार ९८० जनामा यो भाइरसको संक्रमण छ । स्पेनमा ७४ हजार ७९७ जना भने निको भएका छन् ।
यसैगरी फ्रान्समा १९ हजार ३२३ र बेलायतमा १५ हजार ४६४ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसका कारण यस देशमा अहिलेसम्म चार हजार ६३२ जनाको ज्यान गइसकेको छ ।
छिमेकी मुलुक भारतमा भने कोरोना भाइरसको संक्रमणबाट ५२१ जनाको मृत्यु भइसकेको छ । भारतमा जम्मा संक्रमित हुनेको संख्या १५ हजार ७३८ जना पुग्दा दुई हजार ४६३ जना भने उपचारपछि निको भएका छन् ।
नेपालमा भने कोरोना भाइरसबाट संक्रमति हुनेको संख्या ३१ पुगेको छ । जसमध्ये तीन जना उपचारपछि निको भइरसकेका छन् भने २८ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । शनिबार मात्र बागलुङकी एक ६५ वर्षीया महिला र काठमाडौंकी १९ वर्षीया युवती स्वास्थ्यलाभ गर्दै घर फर्किएका छन् ।
Next Article