काठमाडौं : अहिले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण उत्पन्न कठिन परिस्थितिको सहज व्यवस्थापनका लागि नेपाल तरुण दलले मातहतका जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको महामारी रोक्न सरकारकाले जारी गरेको लकडाउनलाई सहयोग पुग्ने गरी स्थानीय प्रशासनसँग मिलेर समन्वय गर्न तरुण जिल्ला समितिहरुलाई परिपत्र गरेका छन् ।
सरकारद्वारा एक साता अघिदेखि सुरु गरिएको लकडाउन आगामी चैत्र २५ गतेसम्मका लागि थप गरिएको छ । यस अवधिमा दैनिक जनजीवन थप कठिन बन्ने भएकाले स्थानीय प्रशासनसँगको सहकार्यमा त्यसलाई सहज बनाउन अध्यक्ष बस्नेतले जिल्ला समितिहरुलाई निर्देशन दिएका हुन् ।
‘अहिलेको कठिन अवस्थामा स्थानीय प्रशासनसँग अनुमति लिएर आम मानिसको दैनिक क्रियाकलापमा सहजीकरण गर्न गराउनका लागि सबै जिल्ला अध्यक्षहरुलाई परिपत्र गरिन्छ’ अध्यक्ष बस्नेतले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले जिल्ला अध्यक्षहरुलाई गरेको परिपत्र यस्तो छ :
१) बाहिरी मुलुकबाट आएका व्इीत्तःह्रु क्वारेन्टाईन सम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसँग सहयोग लिई पुग्ने वातावरणको सिर्जना गरी सहयोग गर्ने ।
२) सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना गर्न र गराउन आवश्यक भुमिका निर्वाह गर्ने ।
३) देशका विभिन्न भूभागबाट तपाईहरुको ठाउँमा आई बसोबास गर्ने व्यक्तिलाई कुनै समस्या परेको भए सो समस्या समाधान गर्न सहयोग गर्ने ।
४) लकडाउनका कारण आफनो गन्तव्य सम्म पुग्न नपाई बीचबाटोमा अलपत्र परेका व्यक्तिहरुलाई प्रशासनको सहयोगमा गन्तव्य सम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्ने ।
५) खाद्यान्न, तरकारी, दुध, औषधी, पानी लगाएत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले केही सजकता र एक अर्का बीच दुरी कायम गर्नुपर्ने हुन्छ । यसका लागि स्थानिय प्रशासनको समन्वयमा खरिद प्रक्रियामा सहजीकरण गर्ने ।
६) लकडाउनको समयमा सम्पूर्ण गतिविधि बन्द गर्नु भएका कारण दिनभरी ज्यालामजदुरी गरेर साझ बिहानको छाक टार्ने वर्गलाई समस्या पर्ने भएका कारण ती वर्गको दैनिक जीवन निर्वाहको लागि आवश्यक सहयोग गर्ने ।
७) भारतका विभिन्न ठाउँबाट नेपाल आउनका लागि हिडेका नेपाली समुदायका मानिसहरु लकडाउनका कारण देशभरीका विभिन्न सिमा नाकामा अलपत्र परेका हुनाले ती व्यक्तिहरु तोकिएको समय क्वारेन्टाईनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण मिलाउन नेपाल तरुण दलका सम्बन्धित जिल्लाका जिल्ला अध्यक्षहरुले स्थानीय प्रशासन संग समन्वय गर्ने ।
८) लकडाउनको समयमा आफनो वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिने र आफु, आफनो परिवार र समाजलाई सुरक्षित राख्ने ।
९) अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दुरी कायम गरिदिनुहुन अनुरोध गरिन्छ ।