काठमाडौं : राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) सेवामा खसआर्यलाई १० प्रतिशत आरक्षण दिइने भएको छ ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विपन्न खसआर्यलाई १० प्रतिशत आरक्षण हुने गरी प्रस्तावित विधेयक संशोधन गरेको हो ।
खसआर्यलाई आरक्षण दिने व्यवस्थालाई समेत समेटेर समितिले विशेष सेवा विधेयक पास गरेर बिहीबार राष्ट्रिय सभामा पेश गरेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरुले खसआर्यलाई २८ प्रतिशत आरक्षण दिन माग गर्दै विधेयकमा संशोधन प्रस्ताव गरेका थिए ।
गुप्तचरसम्बन्धी प्रस्तावित विधेयक (विशेष सेवा विधेयक) मा विपन्न खसआर्यलाई आरक्षण दिने व्यवस्था नभएपछि सत्तारुढ दलकै सांसदले संशोधन प्रस्ताव हालेका हुन् ।
खसहरुले भने खसआर्यलाई एकै ठाउँमा राख्नुभन्दा पनि खस र आर्यलाई फरक फरक रुपमा छुट्याएर आरक्षण दिनुपर्ने माग गरेका छन् । ‘खस र आर्य एकै होइनन्, फरक फरक हुन्’ भन्दै आरक्षण पनि फरक हुनुपर्ने खसहरुको छ ।
Previous Article