राप्रपामा मनोनयन

काठमाडौं : राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीको सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् ।

राप्रपाको सचिवालय प्रमुखमा ध्रुवबहादुर प्रधान (नवलपरासी) र भास्कर भद्रा (ललितपुर), कोषाध्यक्ष पदमा गणेश चन्द (बैतडी) र चन्द्रबहादुर गुरुङ (कैलाली) लाई मनोनयन गरिएको छ ।

राप्रपाका नेता किशोरबहादुर कार्कीले जनाए अनुसार, राप्रपा एकीकरणपछिको यो पहिलो मनोनयन हो । ‘तीन जना अध्यक्षले सहमतिका आधारमा सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन्,’ उनले भने ।

राप्रपा (संयुक्त) र राप्रपाबीचको एकता घोषणा सभा फागुन २८ गते सम्पन्न भएको थियो । एकताको सहमति पत्रमा राप्रपा (संयुक्त) का दुई अध्यक्ष र राप्रपाका एक अध्यक्षले फागुन २४ गते हस्ताक्षर गरेका थिए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments