राप्रपाको एकता घोषणा : अब पार्टी नफुटाउने उद्घोष

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई घटकबीच एकता घोषणा गरिएको छ । दुई पार्टीबीच एकताका लागि शनिबार राति अबेर सहमति जुटेको थियो। समान हैसियतमा तीन अध्यक्ष रहने गरी एकताको समहति भएको हो ।
कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाश चन्द्र लोहनी तीनै जना अध्यक्ष रहनेगरी एकता भएको हो । पार्टीको निर्णय तथा जिम्मेवारी बाँडफाड गर्दा तीनै अध्यक्षको सहमतिमा हुने र बैठकको अध्यक्षता पालैपालो गर्ने समहति भएको छ ।
पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहने र चुनाव चिन्हबारे छलफलपछि निर्णय लिने जनाइएको छ । एकताको आधार पत्रका रुपमा १० बुँदे सहमति पत्र जारी गरिएको थियो ।
एकिकरण सम्बन्धि आधारपत्र र कार्य्विधि निर्धारण गर्न राप्रपाबाट दीपक बोहरा, बुद्धिमान तामाङ र भाष्कर भद्रा र राप्रपा (संयुक्त) बाट बिक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना रहेको कार्यदल गठन गरिएको छ ।
राप्रपा एकताको टुंगो, समान हैसियतमा तीन अध्यक्ष
राजसंस्थाको छायामा २०४७ जेठ १५ मा दुईवटा राप्रपा स्थापना भएका थिए । स्थापनाको एक वर्षमै दुवै पार्टीबीच एकता भएको हो ।
बुधबार राजधानीमा आयोजित घोषणासभामा अध्यक्ष कमल थापाले अब पार्टी नफुटाउने कसम खाए । राप्रपाका दुई घटकबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै थापाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
‘नेताले मात्र होइन, पार्टी फुटाउँदिन भनेर सबै कार्यकर्ताले प्रतिवद्धता जनाउनुपर्छ’, घोषणासभालाई सम्बोधनका क्रममा भगवत गीतको पुस्तक देखाउँदै थापाले भने, ‘पार्टीलाई माया गर्ने साथीलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं । म कहिल्यै पनि पार्टी फुटाउने छैन।’
थापासँगै पशुपति शम्शेर जबरा, र डा. प्रकाशचन्द्र लोहनीले पनि पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता जनाएका थिए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments