केजरीवालको सपथ आइतबार

नयाँ दिल्ली : आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको सपथ आइतबार लिने भएका छन् । उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्।

सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ। आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो। आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो। दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो।

यसअघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए। शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय काँग्रेसले पछिल्ला दुबै चुनावमा खाता समेत खोल्न सकेन।

७० सिटका लागि भएको निर्वाचनमा आम आदमीले ६२ सिट जित्दै ऐतिहासिक सफलता हात पारेको हो । यो ८८.५७ प्रतिशत हो । चुनावमा सत्ताधारी दल भारतीय जनता पार्टी भने ८ सिटमा सीमित भएको छ । चुनावमा दिल्लीमा १५ वर्ष लगातार शासन गरेको भारतीय कंग्रेसले भने एक सिट पनि जित्न सकेन ।

सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) लाई भने विधानसभा चुनावले धक्का दिएको छ । सुषमा स्वराज नेतृत्वको सरकारले सन् १९९८ मा चुनाव हारेयता भाजपाले दिल्लीमा नेतृत्व गर्न पाएको छैन । दिल्लीमा भाजपाको रणनीति सफल हुन सकेन । पछिल्लो समयको नागरिकता संशोधन कानुन (सीएए) का कारण निर्वाचनमा भाजपालाई धक्का लागेको हो । सीएएको विरोधमा दिल्लीको साहिन वागमा भइरहेको विरोध प्रदर्शनको मुद्दा पनि भाजपाका लागि प्रत्युत्पादक साबित भयो । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको आक्रामक प्रचार अभियान र हिन्दुत्वको राजनीति प्रभाव विधानसभा निर्वाचनमा देखिएन ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments