हानः विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ । कोरोानाबाट हुने रोगलाई कोभिड–१९ (covid-19 ) नाम दिइएको छ।
अनुसन्धानकर्ताहरूले नामका कारण कुनै देश वा समुदायलाई अप्ठ्यारो नपरोस् भनेर उक्त भाइरस र त्यसले गराउने रोगको नाम सरल हुनुपर्ने औँल्याएका थिए। कोरोनाभाइरस पदावलीले एउटा भाइरसलाई मात्रै नभएर अहिले फैलिएको समेत विभिन्न भाइरसको समूहलाई जनाउँछ ।
डा. गेहब्रेयससले उक्त भाइरसलाई परास्त गर्न यथासम्भव प्रयास गर्न सबैलाई आग्रह गरेका छन् । भाइरसको नँया नाम तीन वटा शब्द कारोना, भाइरस र डिजीज र २०१९ सालको संयोजनमा बनाइएको हो । साथै कोरोना नियन्त्रणमा सघाउन विश्व स्वास्थ्य सगंठनले पठाएको चिकित्साशास्त्रीहरूको टोली बेइजिङ पुगेका छन् ।
चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १ सय १४ पुगेको छ । करीब ४४ हजार ७ सय ३० जना उक्त भाइरसबाट संक्रमित भएका चिनीयाँ सिजिटियनले उल्लेख गरेको छ । चीनबाहेक अन्य देशमा संक्रमित हुनेको संख्या ३ सय ९७ पुगेको बताइएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोग अनुसार, ४ हजार ७ सय ४० मानिस भाइरसमुक्त भएका छन् । चीनको वुहान र त्यस वरपरको प्रान्तमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हुबेईका अधिकारीहरूले बुधबार कोरोनाभाइरसका ९४ नयाँ संक्रमितको मृत्यु भएको जनाएको छ ।
चीन बाहिरका देशमा हालसम्म दुई जनाको मृत्यु भएको छ । तीमध्ये एक फिलिपिन्स र अर्को हङकङका नागरिक हुन् ।