जेएफए लिग सुरु

काठमाडौं : जुनियर फुटबल एकेडेमी (जेएफए) ले आफ्ना खेलाडीको एक्सपोजरका लागि यू–१२ फुटबल लिग सुरु गरेको छ । शनिबारबाट सुरु भएको लिग तीन सातासम्म सञ्चालन हुनेछ ।

सानोठिमीस्थित एसओएस विद्यालयको मैदानमा हरेक शनिबार हुने लिगमा जेएफएको टोलीसँगै काब्य, निसर्ग बाटिका, एसओएस, अक्षरालगायतका विद्यालयका १० टोलीबीच लिगमा प्रतिस्पर्धा हुने जेएफएका प्रमुख प्रशिक्षक प्रज्ज्वलप्रताप क्षत्रीले जानकारी दिए ।

उनले यस वर्ष एउटा उमेर समूहमा लिग सञ्चालन गरिए पनि आगामी वर्षमा विभिन्न उमेर समूहमा व्यवस्थित रुपमा आयोजना गरिने बताए ।
जेएफए लिगमा पहिलो हुने टोलीले ट्रफी पुरस्कार पाउने छन् । अन्य विधागत रुपमा उत्कृष्ट हुनेले आकर्षक पुरस्कार प्राप्त गर्ने छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments