सेरोगेसीबाट आमाबुबा बनेका बलिउड स्टार

काठमाडौं : ‘सेरोगेसी’ अर्थात कोख भाडामा लिएर बच्चा जन्माउने विधि । विश्वका अरु मुलुकमा जस्तै भारतमा पनि सेरोगेसीबाट आमाबुवा बनेकाहरु थुप्रै छन् ।
कुनै समय नेपाल सेरोगेसीका लागि अखडा समेत बनेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका थिए । मनोरञ्जनको दुनियाँ बलिउडका थुप्रै यस्ता स्टार छन्, जो सेरोगेसीमार्फत आमाबुबा बनेका छन् । बलिउड जगतमा सेरोगेसीमार्फत बच्चा जन्माउने प्रक्रिया बढ्दो छ ।
बिवाह गरेकादेखि विवाह नगरेका बलिउड स्टारले सरोगेसी अपनाएका छन् । बलिउडका चर्चित हस्तीहरु जो सेरोगेसीबाट आमाबुवा बने तिनका बारेमा यहाँ चर्चा गरिएको छ ।

आमिर खान
चर्चित बलिउड अभिनेता आमिर खान र उनकी दोस्रो पत्नी किरण रावले सन् २०११ मा सरोगेसी विधि अपनाएर छोरा अजद रावलाई जन्म दिए। । अमिरकी पहिलो श्रीमती रीना दत्तबाट पनि दुई सन्तान छन्।

फराह खान
कोरियोग्राफर फराह खान तीन सन्तानकी आमा हुन् । सन् २०११ मा सरोगेसी मार्फत उनले तीन सन्तालाई जन्म दिएकी थिइन् ।

करण जोहर
बलिउडका चर्चित फिल्म निर्माता करण जोहर सरोगेसी विधि मार्फत जुम्ल्याह बच्चाका बुवा बनेका छन् । जोहरले विवाह नगर्ने निर्णयसहित सरोगेसी विधि अपनाएका हुन् ।

सन्नी लियोनी
सन् २०१७ मा सन्नी लियोनी र उनका पति ड्यानियल बेबरले छोरी निशालाई धर्मपुत्रीको रुपमा अपनाएका थिए । यसबाहेक सन् २०१८ मा यो जोडीले सरोगेसी विधिमार्फत दुई छोराका आमाबुबा बने ।

साहरुख खान
बलिउड स्टार साहरुख खान हाल आफ्नो छोरा अब्राम खानको प्यारो अनुहारको कारण चर्चामा छन् । सन् २०१३ मा उनी सरोगेसी मार्फत फेरि बुवा बनेका हुन् । उनी पहिले नै तीन सन्तानका बुवा थिए । सरोगेसीबाट उनको कान्छो छोरा जन्मिँदा साहरुखकी पत्नी गौरी खान ४० वर्ष नाघिसकेकी थिइन् ।

लिजा रे
अभिनेत्री लिजा रे सरोगेसी मार्फत दुई छोराकी आमा बनेकी छन् । क्यान्सरका कारण गर्भधारण गर्न नसकेको अवस्थामा उनले सरोगेसी अपनाएकी हुन् ।

तुसार कपुर
अभिनेता तुसार कपुरले विवाह गरेका छैनन् । सन् २०१६ मा उनी एक छोराको पिता बनेका हुन् । सरोगेसी विधि मार्फत उनको छोरा लक्ष्य जन्मिएका हुन ।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments