काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठकमा बिहीबारबाट छलफल सुरु भएको छ। बुधबार उद्घाटन शत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि बिहीबारबाट समूहगत छलफल सुरु भएको हो।
छलफलका लागि १५ समूह विभाजन गरिएको छ। अहिलेसम्म १४ समूहले टोली नेता पाएका छन्। १० नम्बर समूहमा भने नेतृत्व विवाद हुँदा टोली नेता चयन हुन सकेको छैन। टोली नेता चयन नभए पनि छलफल भने सबै समूहले सुरु गरेका छन्। महेश बस्नेत, यज्ञराज सुनुवार, युवराज चौलागाईं, माधव सापकोटा, युवराज दुलाललगायतका नेता सहभागी १० नम्बर समूहमा नेतृत्वमा कुारा नमिलेको हो।
अन्य १४ समूहले भने टोली नेता र उपनेता पाएका छन्। उर्मिला अर्याल, कमला रोका, खिमलाल भट्टराई, जगन्नाथ खतिवडा, ठाकुर गैरे, दिनानाथ शर्मा, पूर्णकुमारी सुवेदी, विन्दा पाण्डे, भगवती चौधरी, राजेन्द्र राई, रेणु दाहाल, लेखनाथ न्यौपाने, राम कार्की र हिमाल शर्मा टोली नेता चयन भएका छन्।