कोरोना भाइरसको त्रास : चीनसँगको सीमा नाका बन्द

काठमाडौं : सरकारले रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाका १५ दिनका लागि बन्द गर्ने भएको छ । चीनमा कोरोना भाइरस फैलिएपछि सरकारले पर्यटक आवतजावतमा रोक लगाउन सीमा नाका बन्द गर्न लागेको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार चीनमा कोरोना भाइरस फैलिएकाले माघ १५ गतेदेखि ३० गतेसम्म बन्द गरिएको छ ।

रसुवागढीबाट विभिन्न मालसामान ढुवानी हुँदै आए पनि तातोपानी नाका भने वि.संं २०७२ सालको विनासकारी भूकम्पपछि बन्द छ ।

चीनमा कोरोना भाइरसले हालसम्म एक सय ३२ जनाले ज्यान गुमाएका छन् भने करिब पाँच हजार संक्रमित भएका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments