प्रिन्सको सफल सुरुवात

काठमाडौ : प्रिन्स दाहालले ‘प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिज’मा विजयी शुरुआत गर्नुभएको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आजदेखि शुरु भएको पुरुष एकलतर्फ प्रिन्सले भारतीय खेलाडी आर विकास प्रभुलाई ३–० सेटले पराजित गर्नुभएको हो । उहाँले उक्त खेल २१–१५, ७–२१ र २१–१४ अङ्कले जित्नुभएको हो । उहाँ क्वार्टर फाइनलमा प्रवेश गर्नुभएको छ ।

यस्तै नेपालका नरेन्द्र बमले भने भारतका नितिन कुमारबाट ‘वाक ओभर’ पाउनुभयो । नेपालका जेवी साउद भारतका शिवमकुमार मिश्रसँग २१–१६ र २१–११ अङ्कले पराजित हुनुभयो । प्रियान्शुसिंह क्षेत्री श्रीलङ्काका दुमिन्दु अवेविक्रसँग २१–१३ र २१–१४ अङ्कले तथा पेम्बा शेर्पा श्रीलङ्काकै दिगायु कहातापितियासित १७–२१, २१–८ र २२–२० अङ्कले पराजित हुनुभयो ।

नेपालकै गोकुल जोरा भारतका अभिन वशिष्ठसँग २१–९ र २१–९ अङ्कले अमृत चौधरी भारतका आयान रशिदसित २१–८ र २१–७ अङ्कले हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिनुभयो ।

यसैगरी महिलातर्फ नेपाली खेलाडीले पहिलो चरण पार गर्न सक्नुभएन । नेपालकी प्रसुना खत्री मलेसियाकी श्रन्या कबिलानसित २१–१० र २१–९ अङ्कले, बिस्ना बिष्ट भारतकी अनुपमा उपाध्यायसित २१–४ र २१–६ अङ्कले पराजित हुनुभयो । उक्त प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नुभएको हो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments