१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलोमा नेपालले बिहीबार थप एक स्वर्ण जितेको छ । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा भएको प्रतिस्पर्धामा नेपालकी नीमा घर्तीमगरले महिला थाउलोको नानताउ अलराउन्डरमा १८.९१ अंक बटुल्दै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा बंगलादेशकी मोर्जिना अख्तरले १६.३० अंकसहित रजत र श्रीलंकाकी सन्जु कुमारीले १४.७४ अंकका साथ कांस्य जितिन् । उसुमा नीमाले जितेको चौथो स्वर्ण हो । यसअघि थाउलोमै विजय सिञ्जाली, अस्मिता तामाङ र दीपक हमालले स्वर्ण जितेका थिए ।
थाउलोमै नेपालका मीना ग्लान र विश्व बुढामगरले रजत जिते । मीनाले महिला ताइचिचेन अलराउन्डर र विश्वले ताउसुकुन्सु अलराउन्डरमा रजत जितेका हुन् । महिला ताइचिचेनमा श्रीलंकाकी गुणसेखराले स्वर्ण र बंगलादेशकी दीप्ति दासले कांस्य जितिन् । ताउसुकुन्सु अलराउन्डरमा भारतका सुरियज सिंहले स्वर्ण र बंगलादेशकी मोहमद रसेल हुसेनले कांस्य जिते । उसुमा अब सान्डामा १४ स्वर्णका लागि टुंगो लाग्न बाँकी छ ।
Previous Article