नेपाललाई साइक्लिङमा दुई स्वर्ण

काठमाडौँ : जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा महिला र पुरुष दुबैमा नेपालले स्वर्ण पदक जितेको छ। गोकर्णमा बुधबार भएको एक किलोमिटर डाउनहिल इभेन्टमा नेपालका लागि राजेश मगर र निष्मा श्रेष्ठ दुबैले स्वर्ण पदक जितेका हुन्।

यसैगरी रजत पदक पनि नेपालले नै प्राप्त गरेको छ। पुरुषतर्फ निरभ श्रेष्ठ र मलिातर्फ जमुना थापाले रजत हात पारेका हुन्।

 

उसुमा थप एक स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले बुधबार थप एक स्वर्ण जितेको छ । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा भएको प्रतिस्पर्धामा नेपालका दीपक हमालले स्वर्ण जितेका हुन् । दीपकले पुरुष थाउलोको नानछ्वान अलराउन्डरमा १९.३२ अंक बटुल्दै स्वर्ण जितेका हुन् । यसअघि पुरुष थाउलोको चवाङक्वाङमा विजय सिञ्जाली र महिला थाउलोको चवाङक्वाङमा सुस्मिता तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए ।
यस स्पर्धामा भारतका साजन लामाले १९.१२ अंक बटुल्दै रजत जित्दा बंगलादेशका मोहमद अमिर हुसेनले १७.१७ अंकका साथ कांस्यमा चित्त बुझाए । यस स्पर्धामा पाँच राष्ट्रका खेलाडी सहभागी थिए ।
बुधबार भएको थाइचिछ्वान अलराउन्डरमा भने श्रीलंकाका थारिदु नमल अनुरथले स्वर्ण जिते । उनले १८.९० अंक जोडे । यसैगरी भारतका ज्ञानदास सिंहले १८.७४ अंकका साथ रजत र नेपालका हरिप्रसाद गोलेले १८.४९ अंकका साथ कांस्य पदक जिते ।
बुधबार नै भएको पुरुष थाउलोको ताउसुमा भारतका सुरज सिंहले ९.६६ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेका छन् । नेपालका विश्व बुढामगरले ९.५५ अंकका साथ सिंहलाई पछ्याइरहेका छन् । यस स्पर्धामा बंगलादेशका मोहमद रसेल हुसेनले ९.३९ र श्रीलंकाका हसिका चमिरा बन्दाराले ९.०७ अंक जोडेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments