काठमाडौं : अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स तथा टेक्निकल सेमिनारमा सहभागी हुन ६ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रियाको भियना प्रस्थान गरेको छ ।
अस्ट्रियाको भियनामा नोभेम्बर २२ देखि २४ तारिखसम्म हुने टेक्निकल सेमिनार तथा इन्स्ट्रक्टर कोर्स नेपालको आईटीएफ तेक्वान्दोको विकास र विस्तारका लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
नेपाल आईटीएफ तेक्वान्दो संघकी महासचिव अन्जु रावतको नेतृत्वमा अस्ट्रिया गएको टोलीमा वासुदेव भट्ट, अन्जना शिवाकोटी, निर्मला गुरुङ, दिलमाया गुरुङ र गणेश गुरुङ छन् । उनीहरु सबै आईटीएफ तेक्वान्दोमा ख्याती कमाएका व्यक्तिहरु हुन् ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे । उनले सदैव राष्ट्रको नाम उच्च राख्न खेलाडी तथा खेल पदाधिकारीले सक्दो प्रयास गर्नुपर्ने बताउँदै अस्ट्रियाको टेक्निकल इन्स्ट्रक्टर कोर्स र सेमिनार नेपाली आईटीएफ तेक्वान्दोका लागि फलदायी हुने विश्वास व्यक्त गरे ।
Previous Article
भ्रमण वर्ष : कर्णालीमा एक लाख पर्यटक भित्र्याइने
Next Article