नेपाली कांग्रेस Archives | नेपालमाला

 

असन्तुष्ट फकाउँदै सुजाता

मोरङ : ‘मेरा लागि यो अन्तिम चुनाव हो । पाँच वर्षपछि मलाई चुनाव लड्न मैदानमा आउनु छैन । राजनीतिक भविष्य आउने पुस्ताका लागि पनि सुनिश्चित गर्नुपर्छ,’ बुधबार बिहान कांग्रेस नेतृ सुजाता कोइराला भन्दै थिइन् । उनको निर्वाचन क्षेत्र मोरङ–२ पुग्दा…

काठमाडौं १० मा फेरि राजन केसी

काठमाडौं : नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १० मा राजेन्द्रकुमार केसी (राजन) लाई नै टिकट दिएको छ । आइतबार बिहान भएको सहमति अनुरुप प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले केसीलाई टिकट दिएको हो । नेपाली कांग्रेसका तर्फबाट एकल सिफारिस भएका राजन केसी…

प्रधानमन्त्री देउवासहित कांग्रेसका १० उम्मेदवारको टुंगो लाग्यो

काठमाडौं : नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले पार्टी सभापति शेरबहादुर देउवासहित केही उम्मेदवारको टुंगो लगाएको छ । शनिबार झिसमिसे बिहानसम्म बसेको बैठकले संघतर्फ डडेलधुराबाट प्रतिनिधिसभातर्फ पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभातर्फ नै हाल उद्योगमन्त्री रहेका…

कांग्रेसमा समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

काठमाडौं : नेपाली कांग्रेसमा समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको छ । सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ । ‘लगातार २४ घण्टा बसेको बैठकमा सहमति जुट्यो, सहमति अनुसारको संशोधित सूची निर्वाचनमा…

कांग्रेसमा समानुपातिक सूची सच्याउन सकस

काठमाडौं : नेपाली कांग्रेसमा समानुपातिक तर्फका उम्मेदवारहरुको सूची मिलाउन सकस परेको छ । शुक्रबारदेखि नै नेताहरुबीच छलफल जारी रहे पनि सहमति जुटेको छैन । शनिबार बिहान पनि नौ बजेदेखि नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए । तर रातभर छलफल…

कांग्रेसमा अन्तर्घात : ‘पार्टी भित्रकै असहयोगले ५० सिट घट्यो’

काठमाडौं : नेपाली कांग्रेसमा चुनावमा अन्तर्घात गर्ने पुरानो रोग हो । उक्त रोग यसपटकको स्थानीय तह निर्वाचनमा पनि कायम रहेको केन्द्रदेखि प्रदेशसम्मका नेताहरु स्विकार्छन् । पार्टी प्रवक्ता डा. प्रकाशरण महत र प्रदेश सभापतिहरुको धारणा सुन्दा अन्तर्घात यसपटक झनै बढेको छ…

रजनीको संकल्प : टोखाको विकास र समृद्धि

काठमाडौं : अहिले सिंगो मुलुक स्थानीय निकायको चुनावमा होमिएको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेका छन् । जनताको घरदैलोमा मत भाग्दै हिंड्ने क्रममा केही उम्मेदवारहरुले आफ्नो गाउँ, नगर र समुदायको विकासका लागि दीर्घकालिन…

सिर्जनाको सेकेन्ड इनिङ

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार बनेकी छन् । लामो समय घरगृहस्थी सम्हालेर बसेकी सिंह गत मंसिरदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेकी हुन् । कांग्रेसको १४औं महाधिवेशनमा उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत रूपमा महाधिवेशन…

कर्णबहादुर मल्ल साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट निष्काशित

काठमाडौं : नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्काशन गरेको छ । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको कांग्रेसका मुख्य सचिव…

कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी भिडिओ बनाउनेलाई पौने ३ लाख पुरस्कार

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीतको भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति अन्तर्गतको सांस्कृति समन्वय उपसमितिले कांग्रेसको पक्षमा उत्कृष्ट श्रव्यदृश्य निर्माण गर्नेलाई पुरस्कृत गर्ने निर्णय गरेको…

यस्तो रह्यो कांग्रेसको एक महिने चुनावी अभियान

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले २९ फागुनमा सुरु गरेको एक महिने चुनावी अभियान सोमबार सकिएको छ । चुनावी अभियानका लागि गाउँ गाउँ पुगेका कांग्रेसका नेता कार्यकर्ताहरु अभियान उत्साहजनक भएको निष्कर्षसहित फर्किएका छन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रचार अभियानले…

स्थानीय तहका उम्मेदवार अहिल्यै नतोक्न कांग्रेसको निर्देशन

 काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको छ । सबै जिल्ला समितिलाई पत्राचार गर्दै कांग्रेसले उम्मेदवार सिफारिसलगायतका काम गरे पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै भने नतोक्न आग्रह गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका…