काठमाडौँ : देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ । हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले…
साँगा नाकामा कडाइ
भक्तपुर : विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न…
सीसीएमसी बैठक : भदाै १ देखि अन्तर जिल्ला र हवाई सेवा खुला नगर्न सुझाव
काठमाडौं : कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले भदौ १ गतेदेखि हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायात खुला नगर्न सरकारसमक्ष सिफारिस गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको भन्दै सीसीएमसीले साउन ५ को मन्त्रिपरिषद्…
कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुग्यो, १५ हजार ८१४ डिस्चार्ज
काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७० पुगेको हो । गौतमका अनुसार यो संक्रमितमध्ये मृतकको प्रतिशत ०.३ प्रतिशत हो…
देशव्यापी लकडाउन अब हुँदैन : डा. खतिवडा
काठमाडौं : सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही…
प्रदेश नं. १ मा १८ सङ्क्रमित
विराटनगर : प्रदेश नं. १ मा आज १८ जना सङ्क्रमित थपिएका छन् । ६१६ जनामा गरिएको पीसीआर परीक्षणबाट आज आएको नजिजाअनुसार पाँच महिलासहित १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १४, इलाममा दुई, उदयपुर र…
बालुवाटार, अख्तियार र परराष्ट्रका कर्मचारीको कोभिड–१९ परीक्षण
काठमाडौँ : इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको आज कोभिड–१९ को परीक्षण गर्नका लागि स्वाब सङ्कलन गरेको छ । महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीको कोभिड–१९ परीक्षणका लागि…
जनै पूर्णिमाको महत्व र महिमा
काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट…
कोरोनाले ज्यान गुमाउनको संख्या ५७ पुग्यो : १४ हजार ६०३ डिस्चार्ज
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ। कोरोनाका कारण शनिबार साँझ वीरगन्जकी एक वृद्धाको मृत्यु भएसँगै मृतकको संख्या ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। नारायणी बयोधा अस्पतालमा उपचाररत वीरगन्ज…
बाँकेमा निषेधाज्ञा बढ्यो
राँझा : कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी…
३८२ सुरक्षाकर्मीमा कोरोना संक्रमण
काठमाडौँ : मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ । यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने र…
जङ्गली च्याउ खाँदा बालकको मृत्यु, चार बिरामी
अमरगढी : डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई…
एक सय ३९ नयाँ सङ्क्रमित फेला, ६२६ डिस्चार्ज
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ५७२ पुगेको छ । आज सबैभन्दा बढी दैलेखमा २८ सङ्क्रमित फेला परेका छन् । यस्तै सप्तरीमा २१, पर्सामा…
धनुषामा कोरोना सङ्क्रमणबाट एकको मृत्यु
जनकपुर : धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित…
सलहको झुन्ड उत्तरतर्फ
काठमाडौँ : मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले…
कोरोनाले ज्यान गुमाउनको संख्या ४५ पुग्यो, १३ हजार ५३ डिस्चार्ज
काठमाडौं : नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार वीरगन्जमा एक युवतीको मृत्यु भएसँगै मृतकको संख्या ४५ पुगेको हो। शुक्रबार वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी युवतीको…
वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा
वीरगञ्ज : कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पुनः अनिश्चितकालीन निषेधाज्ञा लागु गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले आज डाकेको…
