उपत्यकाका १७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।काठमाडौंका १२६ जना, भक्तपुरका ८ जना र ललितपुरका ३८ गरी कुल १७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी बताए।

यस्तै आइतबार २१८ महिला र ४२३ पुरुषसहित थप ६४१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको हो ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३४ जनाले कोरोना जितेका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ ३ सय ३५ पुगेको छ। क्वारेन्टाइनमा रहनेको संख्या १५ हजार २ सय ४३ जना पुगेको छ भने आइसोलेसनमा ८ हजार ७ सय २४ जनाको उपचार भइराखेको छ।कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको मन्त्रालयले जनाएको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments