अर्थ Archives | Page 15 of 19 | नेपालमाला

 

नेप्सेले लगायो सर्किट ब्रेक, परिसूचक २५.३० अङ्कले घट्यो 

काठमाडौँ :  झण्डै डेढ महिनापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दुई प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ । नियामक निकाय धितोपत्र बोर्ड कारोबार समयमा नेप्सेमा दुई प्रतिशतभन्दा घटबढ हुनेबित्तिकै कारोबार रोक्न नेपाल स्टक एक्चेन्जलाई निर्देशन दिएको…

मङ्गलबारदेखि शेयर बजार खुल्ने

काठमाडौँ :  नियामक निकाय नेपाल धितोपत्र बोर्डले यही वैशाख ३० गतेदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । बोर्डमा आज भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा…

आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने 

काठमाडौँ :  मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय…

तारे होटल छ महिना बन्द गरिने

काठमाडौँ : कोभिड–१९ को प्रभावले आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि तारे होटल बन्द गर्ने निर्णय…

आर्थिक वृद्धिदर घट्दा प्रतिव्यक्ति आम्दानी ३४ डलरले बढ्यो

काठमाडौँ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । सरकारले चालू आर्थिक वर्षमा सामान्य अवस्था रहेको भए कूल आर्थिक वृद्धिदर ८.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।…

कोरोनापछिको अर्थतन्त्र : कृषिलाई प्राथमिकता दिन जोड

विराटनगर :  कोभिड–१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिन अर्थविद्ले सुझाएका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा बुधबार आयोजित छलफलमा उनीहरुले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना, वैदेशिक रोजगारीबाट फर्केर…

विश्वभर एक अर्ब २० करोड हवाई यात्रुको कटौती हुन सक्ने

काठमाडौं : कोरोना भाइरसको महामारीले विश्वमा सबैभन्दा बढी होटल तथा उड्डयन क्षेत्रलाई प्रभाव परेको छ। आन्तरिक आवतजावत ठप्प भइरहेको समयमा अन्तर्राष्ट्रिय उडान, पर्यटक आवागमन, घुमफिरजस्तो विश्व पर्यटनको चहलपहलमै कमी आउने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले यसअघि घोषणा गरिसकेको छ। आईकाओको पछिल्लो…

सञ्चालनमा नआएका ५० ग्यास उद्योगको अनुमति खारेजी

काठमाडौँ : नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद क्रिी गर्ने प्रवृत्तिको अन्त्य गर्न निगमले…

अब सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्फर गर्न सकिने

काठमाडौं : अब सहकारी संस्थाको सदस्यले आफ्नो  खाताबाट सिधै बैंक खातामा रकम ट्रान्फर सकिने भएको छ । हाम्रो टेक्नोलोजीको मोबाइल बैंकिंग प्लेटर्फम ‘एम बैंक एप’ प्रयोग गरि सहकारीको खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाल…

अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा नेपालको ऋण मोचन

काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसहित २५ देशको ऋण मोचन गरेको छ । कोरोना महामारीका कारण लम्बिदों संकटलाई दृष्टिगत गर्दै आइएमएफले न्यून आय भएका मुलुकको ऋणमोचन गरेको हो । आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिलिना जर्जिभाले ऋण मोचनले न्यून आय भएका…

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी

काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको हो । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट सेवा निवृत्त उनी हाल लगानी बोर्डको सीईओको रुपमा कार्यरत छन् ।…

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० ले घट्यो

काठमाडौ : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० का दरले घटाएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो । घटेको मूल्य आज राति १२ः०० बजेदेखि लागू…

राष्ट्र बैंकको सहुलियत घोषणा : चैतको कर्जा असारमा बुझाए हुने

काठमाडौं : कोरोना भाइरसको संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ । राष्ट्र बैंकले  कोरोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म सारिएको छ । राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटीले…

अमेरिकी डलरको भाउमा उच्च वृद्धि 

काठमाडौ : विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय…

चन्द्रागिरि केबलकार बन्द

काठमाडौ : कोभिड–१९ बाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी चन्द्रागिरि केबलकार बन्द गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडले विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि हुन सक्ने भन्दै आजदेखि चन्द्रागिरि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको हो ।…

कोरोना त्रास : नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौ : धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । खुला गर्ने वा बन्द गर्ने भन्ने आशंकाका बीचमा खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १८.२० अङ्कले घटेर एक हजार २५१.४५ मा पुगेको छ ।…

नेप्सेमा भारी गिरावट

काठमाडौ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि भारी अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३३ अङ्कले घटेर एक हजार २७२.०६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अङ्कले घटेर २७४.५९…