काठमाडौं : चीनको उक्सीमा अक्टोबर २४ देखि ३० तारिखसम्म सञ्चालन हुने विश्व तेक्वान्दो च्याम्पियनसिप –जी–१४) र नोभेम्बर २ देखि ४ तारिखसम्म चीनकै उक्सीमा सञ्चालन हुने विश्व तेक्वान्दो ग्रान्डस्ल्याम च्यालेन्ज (जी–२) प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी तथा अफिसियललाई नेपाल तेक्वान्दो संघले बिदाइ गरेको छ ।
विश्व च्याम्पियनसिप र ग्रान्डस्ल्याम च्यालेन्स प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलहरुलाई नेपाल तेक्वान्दो संघका सल्लाहकार परिषद्का अध्यक्ष प्रकाशशम्शेर राणाले बिदाइ गरेका थिए । प्रतियोगितामा सुमित विष्ट (५८ केजीमुनि), आशिष भण्डारी (७४ केजीमुनि), अफ्ताब आलम (५४ केजीमुनी), सुगन श्रेष्ठ (६८ केजीमुनी), अरुण टमाटा (६३ केजीमुनी) र अभिषेक बराल (८० केजीमुनि) रहेका छन् । यस्तै महिलामा सन्तोषी राई (४६ केजीमुनि) र ईशा महतो (४९ केजीमुनि) छन् । प्रशिक्षकमा सैयद हसन रेजा छन् ।
प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार चीनतर्फ प्रस्थान गर्ने छन् ।
यसैगरी उक्सीमै अक्टोबर २३ तारिखमा विश्व तेक्वान्दोको कार्यक्रम अनुसार वल्र्ड तेक्वान्दो जनरल एसेम्बली (साधारण सभा)मा नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ, संघका सल्लाहकार परिषद्का अध्यक्ष प्रकाशशम्शेर राणा र प्रशिक्षक कविराज खड्गी कात्तिक ४ गते चीन प्रस्थान गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ ।
Previous Article

नेपालमाला
